सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
![](https://www.educationsamachar.com.np/wp-content/uploads/2023/07/Kathmandu-Metropolitan-City-Notice.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक विदाको दिन पठनपाठन गर्ने विद्यालयहरुलाई कारवाही गर्ने भएको छ । महानगरले आज (भदौ १५) गते सापारु र रोपाईं जात्राको अवसरमा महानगरभित्र सार्वजनिक विदा दिएको थियो । महानगरले जारी गरेको विदाको सूचना उल्लंघन गर्दै पठनपाठन गर्ने विद्यालयलहरुलाई महानगरले कारवाही गर्ने जनाएको हो ।
महानगरका शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले एक सूचना जारी गर्दै बिदाको दिन पनि पठनपाठन गरेको भन्ने उजुरी प्राप्त भएकाले त्यस्ता विद्यालयलाई कारवाही गर्ने बताएका छन् ।
‘महानगरको बिदाको सूचनाको उल्लंघन गर्दै केही विद्यालयमा पठनपाठन गरेको भन्ने गुनासो प्राप्त भएको र उक्त विषयप्रति यस महानगरपालिकाको गम्भीर ध्यानकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरित गरेमा प्रचलित कानुनबमोजिम कारवाही गर्ने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।’
ताजा अपडेट
- २०५८ साल यताका विद्यार्थीका लागि त्रिविले खुलायो मौका परीक्षाको फारम
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- त्रिविको ५० औँ दीक्षान्त समारोहमा आमाछोरी नै दीक्षित
- तिलगंंगा आँखा अस्पतालले विद्यार्थीसँग नियमविपरित २ करोड बढी शुल्क असुलेको खुलासा
- त्रिविको स्वर्ण दीक्षान्त समारोहमा यी विद्यार्थीले पाउँदैछन् स्वर्णपदक
धेरैले पढेको
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- २०५८ साल यताका विद्यार्थीका लागि त्रिविले खुलायो मौका परीक्षाको फारम
तपाईको प्रतिक्रिया