Techie IT
  • बुधबार, चैत्र १९, २०८१ / Wednesday, April 2, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचार१३ महिनामैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालद्वारा राजीनामा

समाचार

१३ महिनामैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालद्वारा राजीनामा


काठमाडौं—उपकुलपति पद सम्हालेको १३ महिनामैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएका छन् । त्रिवि स्रोतकाअनुसार करार र आंशिक प्राध्यापक र कर्मचारी दबाब झेल्न नसकेपछि उनले शुक्रबार राजीनामा पत्र प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई पठाएका हुन् ।

प्रा.डा. बराल १० फागुन २०८० मा त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

त्रिविमा प्राध्यापक र कर्मचारी गरी झण्डै १ हजार ४०० सय कर्मचारी करारमा छन् । उनीहरुले स्वतः स्थायी गर्नुपर्ने माग गर्दै आएका छन् । सर्वोच्च अदालतले भने खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न भनेको छ ।

प्रा.डा. बरालको राजीनामा भने स्वीकृत भइसकेको छैन । उपकुलपतिको कार्यकाल ४ वर्षको भएपनि उनी एक वर्षमै बाहिरिएका हुन् ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको