Techie IT
  • सोमबार, चैत्र १७, २०८१ / Tuesday, April 1, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचाररौतहटमा फार्मेसी पढिरहेकी १८ वर्षीया विद्यार्थी मृत फेला

समाचार

रौतहटमा फार्मेसी पढिरहेकी १८ वर्षीया विद्यार्थी मृत फेला


काठमाडौं—रौतहटको गजेन्द्रनारायण सिंह स्मृति फाउण्डेसनमा फार्मेसी पढिरहेकी एक जना छात्रा मृत फेला परेकी छन् ।

बिहीबार विहान को गरुडा नगरपालिका—१ स्थित फाउण्डेसनको होस्टेलमा बाराको विश्रामपुर—५ घर भएकी १८ वर्षीया छात्रा सुमन कुमारी बैठा मृत फेला परेकी हुन् ।

रौतहट प्रहरीअनुसार बैठा होस्टेलको कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनी डिप्लोमा इन फार्मेसी पहिलो वर्ष अध्ययरत रहेको प्रहरीले जनाएको छ ।

गजेन्द्रनारायण सिंह स्मृति फाउण्डेसनले डिप्लोमा इन फार्मेसी, पिसिएल इन एमएलटी र पिसिएल इन जनरल मेडिसिन अध्यापन गराउँदैं आएको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको