Techie IT
  • शुक्रबार, चैत्र २८, २०८१ / Saturday, April 12, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारमाट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?

माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?


काठमाडौं । पुरानोबानेश्वरस्थित माट्रीका आइ सेन्टरले इम्प्याक्टेबल फाकिक कन्ट्याक्ट लेन्स (आइपीसीएल) प्रविधिमार्फत शल्यक्रिया गरी एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त गराएको छ । टाढाको दृश्य नदेख्ने (मायोपिक) ती व्यक्तिलाई माट्रिकाले माइनस २६ पावरको चश्माबाट सदाका लागि मुक्त गराएको हो ।

आइपीसीएल प्रविधिले माइनस २७ पावरसम्मको चश्मा लगाएका बिरामीहरुको सफल शल्यक्रिया गर्न सकिन्छ । तीन महिनाअघिबाट सुरु भएको आइपीसीएल प्रविधिमार्फत माट्रिकाले हालसम्म माइनस २६, माइनस २०, माइनस १६, माइनस १४ र माइनस १९ पावरको चश्मा प्रयोग गरिरहेका बिरामीको सफल शल्यक्रिया गरी चश्मामुक्त गराएको छ ।

सेन्टरका डा. सुजल श्रेष्ठको समूहले आइपीएसएल प्रविधिमार्फत बिरामीहरुको शल्यक्रिया गर्दै आएको छ । यस प्रविधिमार्फत हालसम्म ८ जनाको सफल शल्यक्रिया भइसकेको सेन्टरले जनाएको छ ।

माट्रिका आइ सेन्टर पछिल्लो समय विशेषगरी लेजर सर्जरीमा प्रख्यात छ । यद्यपि, सबै बिरामीको लेजर सर्जरीमार्फत उपचार गर्न सम्भव हुँदैन । लेजर सर्जरी गर्न अयोग्य बिरामीका लागि आइपीसीएल प्रविधि वरदान साबित भइरहेको सेन्टरले जनाएको छ ।

के हो आइपीसीएल प्रविधि ?

आइपीसीएल प्रविधि जसले मानिसलाई कन्ट्याक्ट लेन्स वा चश्मा लगाउने झन्झटलाई मुक्त गराउन सहयोग गर्छ । यसले सबै प्रकारका दृष्टिसम्बन्धि समस्यालाई समाधान गर्नसक्दछ । उच्च मायोपिक, एस्टिग्माटिज्म भएका बिरामीहरुलाई यो प्रविधिमार्फत उपचार गराइन्छ । साथै, आधुनिक लेजर पद्धतिका अयोग्य भएका बिरामी अर्थात आँखा सुख्खा भएका नानी मोटो वा पातालो भएका बिरामीहरुलाई आइपीसीएल प्रविधिमार्फत उपचार गर्न सकिन्छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको