माइनस १२ पावरको चश्मा मुक्त गराउने गरी माट्रिका आई सेन्टरले गर्यो सफल शल्यक्रिया

काठमाडौं– पुरानोबानेश्वरस्थित माट्रिका आई सेन्टरले स्मार्टसर्फ लेजर प्रविधिमार्फत शल्यक्रिया गरी एक युवतीलाई माइनस १२ पावरको चश्माबाट मुक्त गराएको छ । विगत १५ वर्षदेखि माइनस १२ पावरको चश्मा लगाउँदै आएकी मोरङकी एकता गुरागाईंलाई सेन्टरले स्मार्टसर्फ लेजर सर्जरीको माध्यमबाट जीवनभरका लागि चश्मामुक्त गराएको हो ।
केही दिन अघि रेफ्रयाक्टिभ सर्जन डा. शास्वत ढुंगेलको समूहले गुरागाईंको शल्यक्रिया गरेको थियो । शल्यक्रियापश्चात गुरागाईंले आफूलाई सामान्य मानिसको जस्तै बिना चश्मामा देख्न पाउँदा खुशी लागेको बताइन् । ‘१५ वर्षदेखि निरन्तर चश्मा लगाउँदै आएको मैले ५ वर्षयता भने माइनस १२ पावरको चश्मा प्रयोग गर्दै आएको थिएँ,’ उनी भन्छिन्, ‘अब त मैले जीवनभर चश्मा लगाउनुपर्दैन, निकै खुशी छु ।’
माइनस १२ पावर चश्माको विकल्पबारे खोज्दै जाँदा स्मार्टसर्फ लेजर आई सर्जरीको बारेमा थाहा पाएको उनको भनाई छ । ‘मलाई कुनैबेला अब त मैले जीन्दगीभर चश्मा लगाउनुपर्छ होला भन्ने चिन्ताले सताउँथ्यो,’ उनले भनिन्, ‘विभिन्न माध्यममा खोज्दै जाँदा स्मार्टसर्फ लेजर सर्जरीको बारेमा थाहा पाएँ त्यसपछि यसको राम्रो उपचार माट्रिकामा हुन्छ भन्ने थाहा पाएपछि उपचार गराएँ ।’ माट्रिकामा चिकित्सकहरुले दिने सल्लाह र उपचार पद्धतिबाट आफू सन्तुष्ट रहेको उनको भनाइ छ ।
माट्रिकाले विगत ६ वर्षदेखि विभिन्न पावरका चश्मा प्रयोग गर्दै आएका बिरामीहरुको सफल शल्यक्रिया गर्दै आएको सेन्टरकी प्रबन्ध निर्देशक सोना प्रधान बताउँछिन् । ‘हामीले माइनस पावर चश्मा प्रयोग गर्ने थुप्रै मानिसहरुको सफल शल्यक्रिया गर्दै आएका छौँ,’ उनी भन्छिन्, ‘तर, यो प्रविधिका बारेमा आम मानिसलाई अवगत नहुँदा उनीहरु उपचारबाट बञ्चित छन् ।’
अब धेरै पावरको चश्मा लगाएर बस्नु पर्ने दिन गएको उनको भनाइ छ । ‘चश्मामुक्त बनाउने प्रविधि नेपालमै आईसकेको छ सफल उपचार भइरहेको छ भने किन चश्माको झन्झट लिने,’ उनी भन्छिन् ।
स्मार्टसर्फ लेजर प्रविधिलाई वरिष्ठ रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधानले पहिलोपटक नेपालमा भित्र्याएका थिए । डा. किशोर यतिबेला माट्रिकामा मेडिकल डाइरेक्टरका रुपमा रहेका छन् । उनले चीन, इन्डोनेशिया, अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड, हङकङ, जर्मनी लगायतका २५ वटाभन्दा बढी देशमा गई स्मार्टसर्फ प्रविधिका बारेमा सिकाउँदै आएका छन् ।
लामो समयदेखि आँखा स्वास्थ्यमा काम गर्दै आएको माट्रिकाले दूरदराजका नागरिकको निःशुल्क आँखा उपचारसमेत गर्ने गरेको छ । सेन्टरका प्रशासकीय अधिकृत कल्याण ढुंगानाका अनुसार माट्रिकाले हालसम्म १५ हजारभन्दा बढी मोतियाविन्दूका बिरामीको निःशुल्क शल्यक्रिया गरिसकेको छ । ‘हामीले दूरदराजका अतिविपन्न र स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका मानिसहरुको मोतियाविन्दूको निःशुल्क उपचार गराउँदै आएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ ।’
के हो स्मार्टसर्फ लेजरी सर्जरी ?
स्मार्टसर्फ लेजर सर्जरी भनेको आँखा दृष्टि सुधार गर्ने एक उपचार प्रविधि हो । जसले चश्मा र लेन्सको प्रयोगबाट मुक्त गर्न सहयोग गर्दछ । ट्रान्सपीआरके नाम प्रविधिमा आधारित छ । जसमा लेजरको माध्यमबाट आँखाको कोर्नियाको सतहलाई बिना काँटछाट उपचार गरिन्छ । अर्थात्, यो विधिबाट शल्यक्रिया गर्दा आँखामा कुनै ब्लेड अर्थात यन्त्रको प्रयोग गरिँदैन । एक्सिमर लेजरको प्रयोग गरी कोर्नियाको बाहिरी तह हटाएर आँखा भित्रको संरचनामा परिमार्जन गरिन्छ । जसले गर्दा प्रकाशको सही फोकस पुनःस्थापना हुन्छ । त्यसपछि दृष्टि सुधार गर्न मद्दत गर्दछ ।
स्मार्टसर्फ लेजर प्रविधि विशेषगरी मायोपिया अर्थात नजिकका वस्तु स्पष्ट देखिने तर टाढाका वस्तु देख्न कठिन हुने समस्या भएका मानिसहरुको उपचारमा प्रयोग गरिन्छ ।
बिना ब्लेड अथवा हतियार शल्यक्रिया गरिनु, उपचार समय छोटो हुनु, आँखा छिटो निको हुनु, संक्रमणको जोखिम कम हुनु स्मार्टसर्फ लेजर प्रविधिको विशेषता हुन् ।
ताजा अपडेट
- त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका जोशी विजयी
- १३ महिनामैं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालद्वारा राजीनामा
- रौतहटमा फार्मेसी पढिरहेकी १८ वर्षीया विद्यार्थी मृत फेला
- नेशनल न्यूरो सेन्टर र इपिलेप्सी फाउण्डेशनले संयुक्त रुपमा मनाए वर्ल्ड पर्पल डे
- नेपाल खुला विश्वविद्यालयले ११ औं ग्राजुयट सम्मेलन गर्दै
- माट्रिका आइ सेन्टरले मनायो विश्व दृष्टि विशेषज्ञ दिवस
- गेटा अस्पताल कैलालीको निर्देशकमा डा. प्रमोद यादव नियुक्त
- ४८ जनाले जेलबाटै एसईई दिँदै
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
तपाईको प्रतिक्रिया