Techie IT
  • बुधबार, असोज ३०, २०८१ / Wednesday, October 16, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठएडमिसन/इभेन्टम्यानेजमेन्ट शिक्षामा ‘सायम ब्राण्ड’

म्यानेजमेन्ट शिक्षामा ‘सायम ब्राण्ड’


१९ वर्ष लामो शैक्षिक विरासत । कहलिएको प्राज्ञिक समूहका प्रयासका कारण उत्कृष्ट नतिजा । अत्याधुनिक भौतिक पूर्वाधारसहित शान्त वातावरण । सुलभ शुल्कमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा । म्यानेजेमेन्ट एजुकेशनमा आफूलाई ब्राण्डका रुपमा स्थापित गरेको सायम कलेजका हाइलाइट्सहरु हुन् । यही कारण त झण्डै दुई दशकमा सायम कलेज विद्यार्थीहरुको रोजाइको कलेज बन्न पुगेको छ ।

मध्यबानेश्वरस्थित सायम कलेजले स्नातक तहमा बीबीए, बीसीएसआईटी र स्नातकोत्तर तहमा एमबीए इन ग्लोबल विजनेशलगायतका कार्यक्रममा अध्यापन गराउँदै आएको छ ।

बीबीएका लागि समेत कहलिएको सायमले यही वर्षबाट बीसीएसआईटी कार्यक्रम पनि सञ्चालन गर्न लागेको छ । उसो त यतिबेला सायममा प्रशासन र सूचना प्रविधिमा अध्ययन गर्न चाहने विद्यार्थीको बाक्लो भीड देख्न सकिन्छ ।

‘सायम फर सक्सेस’ भन्ने मूल नाराका साथ सन् २००४ प्राज्ञिक समूहले सामाजिक क्षेत्रमा व्यावसयिक ढंगबाट योगदान पु¥याउने उद्धेश्यले सायम स्थापना गरिएको थियो । डिम्ड युनिभर्सिटीको परिकल्पनासहित क्लालिटी म्यानेजमेन्ट एजुकेशनको हब बनाउने सायमको लक्ष्य हो । यद्यपि, नेपालको शिक्षा नीतिले डिम्ड युनिभर्सिटीको स्पष्ट व्याख्या गर्न नसक्दा लक्ष्य निर्धारण हुन नसकेको सहायक क्याम्पस प्रमुख विशाल श्रेष्ठ बताउँछन् । ‘हामीले आफ्नै कार्यक्रम सञ्चालन गरेर आफैं विद्यार्थीलाई एवार्ड गर्ने गरी डिम्ड युनिभर्सिटीको परिकल्पनासहित सायम स्थापना गरेका थियौं,’ उनले भने, ‘सरकारको शैक्षिक नीति त्यसमा बाधक बन्यो । तर, हामीले गुणस्तरीय शिक्षा दिने कुरामा भने कुनै सम्झौता गरेका छैनौं ।’

पूर्व अर्थमन्त्री एवं अर्थविद् प्रा.डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा स्थापित सायमले सन् २००५ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातकोत्तर तहमा एमबीए अध्यापन सुरु गरेको थियो । सन् २०१० सम्म काठमाडौं युनिभर्सिटीकै कार्यक्रम सञ्चालन गरेको सायमले त्यसपछि पोखरा विश्वविद्यालयको सम्बन्धनबाट स्नातक तहमा बीबीए र स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

‘व्यवस्थापनका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सायमको स्थापना भएको हो,’ श्रेष्ठ भन्छन्, ‘सुरुवाती वर्षमा हाम्रो जे उद्देश्य थियो आजका दिनमा पनि त्यसैलाई पूरा गर्न लागि परेका छौं ।’

स्थापनाकालदेखि नै विद्यार्थी तथा अभिभावकको रोजाइ बन्दै आएको सायमको क्रेज अहिले पनि उत्तिकै छ । तर, पछिल्लो दशक स्नातक तहमा विद्यार्थी भर्ना दर घट्दो क्रममा रहेकाले त्यो संकट सायमले पनि सामना गरिरहेको छ । ‘५–६ वर्ष अघि सम्म स्नातक तहमा भर्ना हुनका लागि ८ सयभन्दा बढीले फारम भर्थे, जसकारण विद्यार्थी छनोट गर्नै हामीलाई हप्तौं लाग्थ्यो,’ श्रेष्ठ भन्छन्, ‘कोभिड–१९ को महामारीपछि भने स्नातक तहमै विद्यार्थी भर्ना दर ओरालो लागिरहेको परिस्थितीबाट हामी पनि प्रभावित छौँ ।’ तैपनि, सायमको निर्धारित सिट पूरा हुन भने समस्या नभएको उनको भनाइ छ ।

अत्याधुनिक भौतिक पूर्वाधार

कुनै पनि शिक्षण संस्था अब्बल हुनका लागि भौतिक पूर्वाधार पनि महत्वपूर्ण पक्ष हो । यो मामिलामा पनि सायम अब्बल देखिन्छ । करिब १४ रोपनी क्षेत्रफल जमिनमा अत्याधुनिक भवन ठडिएको छ । जसमा अत्याधुनिक ल्याब, प्रविधिमैत्री कक्षाकोठा छन् ।

एक्टीभ अल्मुनाई

सायमलाई सबल बनाउनका लागि यहाँको भूतपूर्व विद्यार्थीहरु पनि हुन् । श्रेष्ठका अनुसार सायमबाट झण्डै २ हजार हाराहारीमा विद्यार्थी पासआउट भइसकेका छन् । उनीहरु अहिले स्वदेश तथा विदेशका विभिन्न मार्केटमा आफूलाई अब्बल बनिरहेको श्रेष्ठको भनाइ छ । ‘हामी कहाँ अध्ययन गरेका विद्यार्थीहरु सरकारी, गैरसरकारी, बैकिङदेखि विदेशमा समेत राम्रो स्थानमा रहेर काम गरिरहेका छन्,’ उनले भने, ‘अल्मुनाई सायमका गहना हुन्, उनीहरुलाई हामीले एकीकृत गरिरहेका हुन्छौं ।’

न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा

सायमको अर्को विशेषता भनेको न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा पनि हो । मध्यम वर्गीय परिवारका छोराछोरीले पनि तिर्न सक्ने गरी शुल्कको संरचना बनाइएको श्रेष्ठको दाबी छ । ‘हामीले सुरुवाती दिनबाटै न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘अन्य कलेजको तुलनामा हाम्रो फी स्ट्रक्चर कम नै छ ।’

उनका अनुसार सायमले बीबीएको ६ लाख, बीसीएसआईटीको ७ लाख ३० हजार र एमबीएका लागि ६ लाख ८० हजार रुपैयाँ शुल्क लिँदै आएको छ । सायमले बीबीएमा ९६, बीएससीआईटी ४८ र एमबीएमा ३० सिटमा भर्ना लिइरहेको छ ।

पढाइका साथै करिअर काउन्सिलिङमा जोड

सायमले विद्यार्थीलाई पढाइका साथै करिअर काउन्सिलिङमा पनि जोड दिँदै आएको छ । ‘पाठ्यक्रमबाट दिन सक्ने कुराहरु त्यसैबाट दिन्छौँ,’ श्रेष्ठ थप्छन्, ‘त्यसबाहेक विभिन्न वेविनार, सेमीनार, वर्कसप, गेष्ट लेक्चररको माध्यमबाट दिइरहेका हुन्छौँ ।’ सायमले रोजगार बजारमा जाँदा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्न सक्ने बनाउने श्रेष्ठको दाबी छ । ‘मार्केटमा के ट्रेण्ड चलिरहेको छ, मार्केटको आवश्यकता के छ, त्यसबारेमा बुझेर विद्यार्थीहरुलाई समयसापेक्ष शिक्षा दिन्छौँ,’ उनले भने, ‘यस्ता शिक्षा हामीले निःशुल्क दिन्छौँ ।’

अन्य कलेज र सायममा के फरक ?

पछिल्लो समय विशेषगरी काठमाडौं उपत्यकामा स्नातक तहका विभिन्न कार्यक्रममा अध्यापन गराउन कलेजहरु बग्रेल्ती छन् । ती कलेज र सायममा फरक के त ? सहायक क्याम्पस प्रमुख श्रेष्ठ सायमले विद्यार्थीहरुलाई न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु नै अन्य कलेजभन्दा फरक रहेको दाबी गर्छन् । ‘हामीले विद्यार्थीलाई भर्ना गर्ने समयमा जुन जुन कुराको प्रतिवद्धता जनाएका हुन्छौं, त्यसमा अलिकति पनि तलमाथि नगरी पूरा गर्छौं,’ उनले भने, ‘हामीले गुणस्तरीय शिक्षा दिएकै कारण यहाँ अध्ययन गरिरहेका अध्ययन गरेका विद्यार्थीहरुमार्फत नै नयाँ विद्यार्थी भर्नाका लागि आइरहेका हुन्छन् ।’ त्यसैले, ट्रान्सपरेन्सी, कमिटमेन्ट र एक्लिलेन्सका कुरामा सायम अन्य कलेजभन्दा फरक रहेको श्रेष्ठको दाबी छ ।

यसका अलावा दक्ष प्राध्यापक, उत्कृष्ट भौतिक पूर्वाधार, अत्याधुनिक प्रयोगशाला, प्राइम लोकेशन, निरन्तर अब्बल नतिजाजस्ता कुराहरुमा सायम अब्बल रहेको उनको भनाइ छ । ‘कतिपय कलेजले शिक्षालाई व्यवसाय बनाएर विद्यार्थीबाट जति पाइन्छ, त्यति असुलौं भनेर लागेका पनि छन्,’ उनले भने, ‘सायमले शिक्षालाई व्यवसायभन्दा पनि सामाजिक उत्तरदायित्वका रुपमा लिएका छौं । जसकारण हामीले विद्यार्थीहरुलाई पारदर्शी ढंगबाट शिक्षा प्रदान गर्छौं ।’



तपाईको प्रतिक्रिया

ताजा अपडेट