मावि शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ४९.५५ प्रतिशत उत्तिर्ण

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् ।
सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा दिएका थिए । जसमा २४ हजार ३६६ जनाले मात्र उत्तिर्ण गरेका हुन् । जुन ४९.५५ प्रतिशत हुन आउँछ । आधाभन्दा बढी परीक्षार्थीले आयोगको लाइसेन्स परीक्षा पास गर्न सकेनन् ।
आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनि उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरित कार्य गरेको केही परीक्षार्थीको परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।
त्यस्तै वस्तुगत उत्तरपुस्तिकाको रोल नम्बर संकेत गर्ने गोलो घेरामा आफ्नो सही रोल नम्बर जनाउनका लागि मसी भर्दा गल्ती गरी गोलो घेरामा मसी भरेको, एक भन्दा बढी गोलामा मसी भरेको वा मसी नै नगरेको कारण रोल नम्बर यकिन हुन नसकेको अवस्थामा समेत त्यस्तो उम्मेदवारको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ ।
अब अध्यायपन अनुमतिपत्र लिन जाँदा तोकिए बमोजिमको निवेदन, शैक्षिक योग्यताको हकमा मावि शिक्षा परीक्षादेखि तोकिएको न्यूनमत शैक्षिक योग्यता उत्तीर्ण गरेको प्रमाणपत्र, शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातसहित आउनुपर्ने आयोगले जनाएको छ ।
उत्तीर्ण भएका उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्व्य इकाइबाट हुनेछ । त्यसका लगि आयोगले अध्यापन अनुमतिपत्र वितरणको सूचना आयोगले पछि प्रकाशन गर्ने जनाएको छ ।
आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको मितिले एक वर्षभित्र सच्याईसक्नुपर्न अन्यथा कुनै पनि विवरण सच्याउन नसकिने आयोगले जनाएको छ ।
ताजा अपडेट
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया