इञ्जिनियरिङ्ग अध्ययन संस्थानले शुल्क वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले इञ्जिनियरिङ्ग अध्ययन संस्थानले शुल्क वृद्धि फिर्ता नलिए आन्दोलन गर्ने नेविसंघको चेतावनी दिएको छ । नेविसंघले इञ्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा बढाइएको शुल्क अविलम्ब फिर्ता लिन आग्रहसमेत गरेको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेविसंघ केन्द्रीय समितिले इन्जिनियरिङ शिक्षा विद्यार्थीको व्यक्तित्व विकासमात्र नभएर राष्ट्र निर्माण र विकासको बलियो आधार भएकाले शुल्क वृद्धिको निर्णयबाट त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ्ग अध्ययन संस्थान (आईओई) पछाडि हट्नुपर्ने माग गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले अनस्किल्ड मेनपावरले विदेशमा गएर पठाएको रेमिट्यान्सभन्दा बढी रकम विदेश अध्ययनका क्रममा बाहिरिरहेको बताए । नेपालमा इञ्जिनियरिङ र प्राविधिक शिक्षा महँगो भएको र विद्यार्थीको ‘जव सेक्युरेटी’ नभएका कारणले विदेशमा गएर पढ्दै कमाउँदै गर्छु भनेर विद्यार्थीहरु विदेशिने गरेको उनको भनाइ छ ।
उनले भने,‘सबैभन्दा नेपालको बेस्ट माइन्ड आईओई भनेर हामी मान्छौं । अनस्किल लेवर खाडीमा पठाएर हामीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रेमिट्यान्सलाई हामीले मान्ने गर्छौ । तर, आज त्यो रेमिट्यन्सभन्दा बढी खर्बौ रुपैयाँ खर्च गरेर नेपाली विद्यार्थीहरु विदेशमा अध्ययन गर्न बाध्य छन् ।’
उनले देशमै बसेर पढ्छु भन्ने विद्यार्थीलाई पनि चर्को शुल्क वृद्धिका कारण नेपालमा बस्ने अवस्था नरहेको दावी गरे ।
अध्यक्ष शेर्पाले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आईओईका पदाधिकारीहरुले संस्थासँग पैसा छैन भन्ने गरेपनि मिटिङ र सेमिनार भने तारे होटलहरुमा आयोजना गर्ने गरेको आरोप लगाए ।
उनले तीन दिनभित्र शूल्क वृद्धि फिर्ता नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । उनले भने,‘आईओई र त्रिभुवन विश्वविद्यालयले यो चर्को शुल्क वृद्धि फिर्ता गरेन भने आईओई र त्रिविका पदाधिकारीलाई हामी हिसाब गर्छौं ।’
शुल्क वृद्धि तीन दिनभित्र नटुंगिएको खण्डमा नेविसंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासको प्राङ्गणमा गएर शुल्कवृद्धिको आन्दोलन टुंग्याउने उनको चेतावनी छ । ‘हामी तीन दिनसम्म देशभरिका कजेज, नागरिक समाजसँग आईओईको चर्को शुल्क वृद्धिको विरुद्धमा सोलिडारिटीको अभियान चलाउँछौं ।’ उनले भने, ‘तीन दिनभित्र पनि शुल्क वृद्धि फिर्ता भएन भने नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको यो लडाई हामी सीधै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बालुवाटारको प्राङ्गणमा गएर यो कार्यक्रम टुंगिनेछ ।’
त्यस्तै,थापाथली क्याम्पसका स्ववियु सभापति पुष्करविक्रम शाहीले देश विकासको कर्णाधार प्रविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी भएको बताए । उनले प्रविधिक शिक्षाको विकासका लागि सरकारले दायित्व लिएर अगाडि बढ्नुपर्ने ठाउँमा उल्टै पढ्नै नसक्ने गरी शुल्क बढाइएको भन्दै आपत्ति जनाए । शाहीले शुल्क वृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन अगाडि बढाइरहन नेविसंघसँग आग्रह गरे ।
शुल्क वृद्धिको मुद्दा सम्बोधन नहुँदासम्म इन्जिनियरिङ अध्ययन संस्थान र त्रिभुवन विश्वविद्यालयका जिम्मेवार पदाधिकारी आफ्नो कार्यालयमा नियमित उपस्थित भएर समस्याको समाधान गर्न उनको आग्रह गरे ।
शुल्क वृद्धिको विरोधमा इन्जिनियरिङ पढाइ हुने क्याम्पसहरुमा देशव्यापी रुपमा आन्दोलन भइरहेको उनले बताए । शुल्क वृद्धिको निर्णयबाट इञ्जिनियरिङ अध्ययन संस्थापन पछि नहटे आन्दोलनको आधिँबेहरी आउने उनको चेतावनी छ ।
ताजा अपडेट
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया