Techie IT
  • आईतबार, पुस ७, २०८१ / Monday, December 23, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारकक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले मंगलबार साँझ नतिजा सार्वजनिक अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।

बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो ।

यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

कसरी हेर्ने नतिजा ?

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ।

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np  मा गएर हेर्न सकिन्छ। त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ। त्यसका लागि NEB लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ।



तपाईको प्रतिक्रिया