लुटपाटमा संलग्न भनिएका डा. राई कलेजको निर्देशक नभएको सीसीआरसीको दाबी

काठमाडौं—राजावादी आन्दोलनका क्रममा भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएका भनिएका डा. राजकुमार राई क्यापिटल कलेज अफ रिसर्च सेन्टरको निर्देशक नभएको पाइएको छ । १५ फागुनमा भएको प्रदर्शनका क्रममा भाटभटेनी लुटपाटमा संलग्न भनिएका राई सीसीआरसी कलेजको समेत निर्देशक रहेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएपछि कलेजले उनको कलेजसँग आवद्धता नभएको दावी गरेको हो ।
कलेजका प्रिन्सिपल हरिचन्द्र लामिछानेले डा. राईले सीसीआरसी छोडेको १० वर्ष भइसकेको जानकारी दिए । ‘उहाँ भूकम्पभन्दा अघि अर्थात् २०७१ सालसम्म हाम्रो कलेजमा कार्यक्रम संयोजकका रुपमा रहेको कुरा साँचो हो,’ उनले भने, ‘तर, २०७१ साल असारदेखि उहाँ कलेजको कुनैपनि भूमिकामा हुनुहुन्न ।’
लामिछानेले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा एकतर्फी ढंगबाट समाचार आएको आपत्तिसमेत जनाए । ‘यो विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सञ्चारमाध्यमहरु जिम्मेवार नहुँदा कतिपय अवस्थामा हामीजस्ता शैक्षिक संस्थाहरुको बदनामी हुँदो रहेछ यसतर्फ सञ्चारमाध्यहरु जिम्मेवार बन्नसमेत आग्रह गर्दछु ।’
अमेरिकाबाट पिएचडीसमेत गरेका राई राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको जिल्ला सभापतिसमेत हुन् । उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।
ताजा अपडेट
- नवनियुक्त शिक्षामन्त्रीले लिए सपथ
- शिक्षामन्त्रीमा रघुजी पन्त
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने बोर्डको निर्णय
- कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन
- बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
- २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन
- शिक्षामन्त्रीको राजीनामाबारे के भन्छन् प्रधानमन्त्री ओली ?
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
तपाईको प्रतिक्रिया