बोर्डले तोक्यो ७४ जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र, काठमाडौं, भक्तपुर र ललितपुरको कहिले तोक्ला ?

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले ७४ वटा जिल्लामा कक्षा १२ को परीक्षा केन्द्रको सूचि सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौं, भक्तपुर र ललितपुरबाहेकका जिल्लाहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले काठमाडौं, भक्तपुर र ललितपुरको परीक्षा सञ्चालन हुने भन्दा एक हप्ता अघि केन्द्र सार्वजनिक गरिने जानकारी दिए । ‘हामीले विगतमा पनि पहिला उपत्यका बाहिरका जिल्लाहरुको परीक्षा केन्द्र टुंगो लगाउँथ्यौँ,’ एजुकेशन समाचारसँगको कुराकानीका क्रममा उनले भने, ‘सबै कुरालाई ख्याल गरेर काठमाडौं, भक्तपुर र ललितपुरको परीक्षा केन्द्र भने परीक्षा सञ्चालन हुने एक हप्ता अघि मात्र सार्वजनिक गर्दै आएका छौँ । यसपालि पनि त्यसैलाई निरन्तरता दिन्छौँ ।’
बोर्डले यसवर्षको कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट सुरु गर्ने तयारी गरेको छ ।
कक्षा १२ को परीक्षा केन्द्रको सूची
ताजा अपडेट
- सूचना प्रविधिको महाकुम्भ मेला बन्दै वर्डक्याम्प नेपाल २०२५
- काठमाडौं उपत्यका भित्रका ११ आंगिक क्याम्पसमा शान्तिपुर्ण तरिकाले स्ववियु निर्वाचन हुँदै
- बोर्डले तोक्यो ७४ जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र, काठमाडौं, भक्तपुर र ललितपुरको कहिले तोक्ला ?
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
तपाईको प्रतिक्रिया