सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी

काठमाडौं । भद्रबासस्थित सहिद आदर्श क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको टीमले उम्मेदवारी दर्ता गराएको छ । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि तिमल्सिनाको समूहले नेपाली कांग्रेस निकट भातृ संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गराएका हो ।
तिमल्सिनासँगै नेविसंघको तर्फबाट सचिवमा शिवप्रसाद गजुरेल (सन्तोष), कोषाध्यक्षमा सविना खड्काले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सदस्यमा मनोज तामाङ, राजकुमार भुजेल, नवराज पराजुली, सुशान्त चौलागाईं, स्मृति नगरकोटी, राजेश्वर फुयाँल, निशान्त पुडासैनी, करुणा दाहाल, बिना बस्नेत, उषा कुइँकेल, रुपेश खनाल, रोजिना अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
शैक्षिक सुधारका साथै विद्यार्थीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि आफूले उम्मेदवारी दिएको तिमल्सिना बताउँछन् । ‘क्याम्पसमा बढिरहेको चरम बेथितिलाई रोक्ने मेरो पहिलो प्रयास हुनेछ,’ उनले भने, ‘स्ववियुको क्षेत्राधिकारभित्र रहेर सकारात्मक काम गर्नका लागि दिलोज्यान दिएर लाग्नेछु ।’
साथै, स्ववियुलाई उदाहरणीय बनाउने समेत तिमल्सिनाको योजना छ । ‘पछिल्लो समय स्ववियु प्रति आममानिसले हेर्ने धारणा फरक बन्दै गएको छ,’ उनले भने, ‘त्यो धारणालाई चिरेर सहिद आदर्श क्याम्पसको स्ववियुलाई उदाहरणीय बनाउन योजनावद्ध तरिकाले चुनावी मैदानमा होमिएको छु ।’
त्यस्तै, अनेरास्ववियुको तर्फबाट महेश बस्नेत, सचिवमा अमृता विःक, कोषाध्यक्षमा सञ्जय नगरकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।
ताजा अपडेट
- त्रिभुवन विश्वविद्यालय उपकुलपति डा. बरालको राजीनामा स्वीकृत
- बोर्डद्वारा काठमाडौं उपत्यकाका कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक, कसको परीक्षा केन्द्र कहाँ ?
- एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण
- माट्रिका आइ सेन्टरका रेफ्रयाक्टिभ सर्जन डा. किशोरराज प्रधान सम्मानित
- सिटी बजाउँदै शिक्षकहरु सडकमा, भर्ना अभियान प्रभावित हुने संकेत
- आधारभूत तह परीक्षा (बीएलई) मा चिरायु एजुकेशनल एकेडेमीले ल्यायो सर्वोत्कृष्ट नतिजा
- लुटपाटमा संलग्न भनिएका डा. राई कलेजको निर्देशक नभएको सीसीआरसीको दाबी
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
तपाईको प्रतिक्रिया