त्रिविको ५० औँ दीक्षान्त समारोहमा आमाछोरी नै दीक्षित

काठमाडौं । गत शनिबार त्रिभुवन विश्वविद्यालयले ५० औँ दीक्षान्त समारोह भव्य रुपमा मनायो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहबाट १४ हजार ३ सय ८ जना विद्यार्थी दीक्षित भए ।
त्यही भीडमा थिए, जोरपाटीका ललिता उप्रेती रिजाल र दीक्षा रिजाल । उनीहरु आमाछोरी हुन् । राजनीतिशास्त्रमा स्नातक गरेकी ललिता र ट्राभल एण्ड टुरिज्ममा स्नातक गरेकी दीक्षाले एउटै मञ्चबाट दीक्षित हुने सौभाग्य प्राप्त गरे ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित टाइमलाइन स्कुलकी सञ्चालकसमेत रहेकी ललिताले इच्छा शक्ति भयो भने पढाईलाई उमेर बाधक नहुने सन्देश दिएकी छन् । ललिताले २५ वर्षपछि स्नातक तहमा भर्ना भएकी थिइन् । ‘पहिला घर परिवार, स्कुलले गर्दा पढाईलाई निरन्तरता दिन पाएको थिइनँ तर, पढाईको महत्व कति हुँदो रहेछ भन्ने पछि बुझेँ,’ उनले भनिन्, ‘छोरीले प्लस टु सकेपछि मलाई पनि पढ्ने रुचि बढ्यो त्यसपछि आमाछोरी एकैपटक स्नातक तह अध्ययनका लागि भर्ना भएका थियौँ ।’
आफ्नै सन्तानसँग दीक्षित हुन पाउँदा यतिबेला ललितामा बेग्लै खुसी छ । ‘आफूले जन्माएको सन्तानसँग एउटा शैक्षिक यात्रा पार गरेर दीक्षित हुन पाउँदाको खुशी त म व्यक्त गर्नै सक्दिनँ,’ उनले भनिन् ।
राजनीतिशास्त्र र जनसंख्या मुल विषय लिएर स्नातक अध्ययन पूरा गरेकी ललिताले अब राजनीतिशास्त्रमा स्नातकोत्तर गर्ने सोच बनाएकी छन् । ‘मलाई राजनीतिमा पनि रुचि छ त्यसकारण स्नातक तहमा यही विषयमा अध्ययन गरेँ,’ उनले भनिन्, ‘अब राजनीतिशास्त्रमै मास्टर्स गर्ने सोचमा छु ।’
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
तपाईको प्रतिक्रिया