‘नेपालमा केही पनि गर्न सकिँदैन’ भन्दै प्रचार गर्ने कन्सल्टेन्सीलाई मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा केही पनि गर्न सकिँदैन भन्ने भाष्य सिर्जना गरी प्रचार गर्ने शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)लाई दिएको स्वीकृती रद्ध गर्ने चेतावनी दिएको छ । मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सोमबार एक सूचना जारी गर्दै सबै निर्देशिका विपरित काम गर्ने कन्सल्टेन्सीको स्वीकृती रद्ध गर्ने चेतावनी दिएको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका, २०७३ को दफा (४) को अधिनमा रही दफा (५) बमोजिम शैक्षिक परामर्श सेवा, पूर्व तयारी कक्षा वा भाषा कक्षा सञ्चालनको अनुमति प्राप्त गरेका संस्थाहरुले सोही निर्देशिकाको दफा ७(१) बमोजिमका शर्तहरु अनिवार्य पालना गर्नुपर्ने प्रबन्ध रहेको छ ।
निर्देशिकाको दफा (७) को उपदफा (३) ले संस्थाले आफ्नो सेवासम्बन्धि प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने शर्तहरुको स्पष्ट व्याख्या गरेको छ । यद्यपि, उक्त निर्देशिकालाई नजरअन्दाज गर्दै विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्धेश्यले प्रचार गरेको भन्दै कन्सल्टेन्सीहरुलाई निर्देशिकाको अक्षरश पालना गर्न निर्देशन दिइएको मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाले जानकारी दिए ।
‘निर्देशिकाका शर्तहरु पालना गर्नु संस्थाहरुको बाध्यकारी व्यवस्था भएको भएतापनि विभिन्न मिडिया लगायत सामाजिक सञ्जालहरुमा निर्देशिकाको प्र्रतिकुल हुने खालका लगायत स्थापित सामाजिक मूल्य मान्यताको प्रतिकुल तथा समाजमा विसंगती र विकृती सिर्जना गर्न खोजेको देखिने साथै नेपालमा केही पनि गर्न सकिँदैन भन्ने जस्ता सन्देश प्रवाह गरेको पाइएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, ‘अनिवार्य रुपमा निर्देशित शर्तहरु पालना गर्न गराउन सूचित गरिन्छ अन्यथा संस्थालाई दिइएको स्वीकृत निर्देशिकाको ६ बमोजिम रद्ध गरी कारबाही गरिनेछ ।’
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
तपाईको प्रतिक्रिया