Techie IT
  • बुधबार, फागुन २८, २०८१ / Thursday, March 13, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारत्रिविले पायो ८ डीन र ३ निर्देशक, को–को भए नियुक्त ?

त्रिविले पायो ८ डीन र ३ निर्देशक, को–को भए नियुक्त ?


काठमाडौं– त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ । हिजो शनिबार परिषद्को बैठकले डीन र निर्देशकको नियुक्त गरेको हो ।

डीन र निर्देशक छनोटका लागि लामो समयदेखि त्रिविमा रस्साकस्सी चलिरहेको थियो । हाल आएर सर्वसम्मतीले नै डीन नियुक्त गरिएको त्रिवि परिषद्का एक सदस्यले जानकारी दिए । उनका अनुसार कार्यविधिकै आधारमा डीन नियुक्त गरिएको हो ।

छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको ती सदस्यले जानकारी दिए , ।

परिषद्ले मानविकी तथा सामाजिकशास्त्रको डीनमा प्रा.डा. द्विविनन्द ढकाललाई नियुक्त गरेको छ । त्यस्तै, शिक्षाशास्त्र संकायमा प्रा‍.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थामा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा‍.डा. मोहोनराज शर्मा, व्यवस्थापन संकायमा प्रा‍.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा‍.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा‍.डा. सुशीलबहादुर बज्राचार्यलाई डीनमा नियुक्त गरेको छ ।

त्यस्तै, त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा‍.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको