Techie IT
  • शनिबार, चैत्र १, २०८१ / Saturday, March 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारत्रिवि गर्यो कलेजमै मार्कसीट प्रिन्ट हुने व्यवस्था

त्रिवि गर्यो कलेजमै मार्कसीट प्रिन्ट हुने व्यवस्था


काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको मार्कसीट सम्बन्धित कलेजबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै सम्पूर्ण २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थीको मार्कसीट कलेजमै प्रिन्ट हुने व्यवस्था मिलाएको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह हुने सेवालाई क्रमशः डिजिटाइजेसन गर्ने अवधारणाअनुरुप परीक्षार्थीहरुको प्रकाशित नतिजाको मार्कसीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । ‘मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा गएर प्रिन्ट गर्न सक्नुहुनेछ,’ उनले भने ।

जसका लागि कलेजलाई उपलब्ध गराइएको पोर्टलको Result Menu Select गरी मार्कसीट अप्सन छनोट गरेर प्रिन्ट गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको