२०५६ देखि ०७७ सालसम्म ११ र १२ अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने

काठमाडौँ । २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गर्दै फारम भर्न आह्वान गरेको हो ।
बोर्डले कक्षा १२ का हकमा रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ को लागि ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकालाई अन्तिम एक पटकका लागि ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था बोर्डले गरेको हो ।
त्यसका लागि आगामी मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत आवेदन फारम भर्नुपर्नेछ । पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नुपर्ने बोर्डले जनाएको छ ।
त्यसका लागि एक हजार रुपैयाँ परीक्षा आवेदन शुल्क तोकिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र प्रति खण्ड एक हजार रुपैयाँ तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- नवनियुक्त शिक्षामन्त्रीले लिए सपथ
- शिक्षामन्त्रीमा रघुजी पन्त
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट गर्ने बोर्डको निर्णय
- कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीको निर्देशन
- बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
- २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई परिषद्को निर्देशन
- शिक्षामन्त्रीको राजीनामाबारे के भन्छन् प्रधानमन्त्री ओली ?
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- बोर्डका अध्यक्ष बालुवाटारमा, प्रधानमन्त्रीसँगको भेटपछि कक्षा १२ को परीक्षाबारे थप निर्णय हुने
तपाईको प्रतिक्रिया