बंगलादेश जाने सपना बोकेर काठमाडौं आउँदै गरेका जुम्ल्याहा दीपेश–दीपिका झ्याप्ले खोलामै अस्ताए
काठमाडौं– बुटवलको कालिका मानवज्ञान माविको कक्षा १० मा अध्ययनरत दीपेश भट्टराई र दीपिका भट्टराईको झ्याप्ले खोला पहिरोमा पनि मृत्यु भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आगामी असोज १७ गते काठमाडौंमा आयोजना गरेको सम्मेलनमा सहभागि हुन काठमाडौं आउनेक्रममा उनीहरु सवार माइक्रो पहिरोमा पुरिँदा मृत्यु भएको हो ।
दीपेश र दीपिकासँगै उनहरुकी आमा सीता भट्टराईको समेत पहिरोमा परी मृत्यु भएको छ । शुक्रबार बिहान बुटवलबाट काठमाडौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रोमाथि पहिरो खस्दा उनीहरुको ज्यान गएको हो ।
कालिकामा कक्षा १० मा अध्ययनरत दीपेश र दीपिका मेधावी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् । ‘उनीहरु टपटेन भित्र पर्ने विद्यार्थीहरु हुन्,’ उनले भने, ‘पढाइका साथै उनीहरुमा अतिरिक्त क्रियाकलाप र बाह्यका कुरामा पनि उत्तिकै दखल राख्थे ।’
उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए । पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश पुग्नुपर्ने थियो । बंगलादेशमा आयोजना हुने उक्त कन्फरेन्समा ३२ राष्ट्रका विद्यार्थीहरू सहभागी हुने बताइएको छ ।
विद्यालयका सूचना अधिकारी सर्वेश बर्माका नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ को पहिलो सेसन सकिएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको बताउँछन् । ‘दोस्रो चरणमा पनि उनीहरु छनोट भएको भए बंगलादेशका लागि उनीहरुको यात्रा सहज हुन्थ्यो,’ उनले भने, ‘उनीहरुले नै अनलाइन फारम भरेर सहभागि भएपनि त्यसमा विद्यालयका तर्फबाट पनि सहयोग गरेका थियौँ ।’
दीपेश र दीपिकाका बुबा होमनाथ भट्टराई विगत ५ वर्षदेखि रोजगारीका लागि दक्षिण कोरियामा छन् । स्याङ्जाको गल्याङ घर भएका उनीहरु लामो समयदेखि बुटवल बस्दै आएका थिए । दीपेश र दीपिकाका एक दाजु काठमाडौंमा स्नातक अध्ययन गर्दैछन् भने एक दिदी धरानमा एमबीबीएस अध्ययन गर्दैछिन् ।
ताजा अपडेट
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी, विद्यार्थीको पठनपाठन प्रभावित
- ४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि
- प्रधानमन्त्रीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन
- पोखरा विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान
- आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका होस्टेललाई व्यवस्थित बनाउँदै महानगर
- २०५६ देखि ०७७ सालसम्म ११ र १२ अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने
- पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
- अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरु आन्दोलित
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- ४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
तपाईको प्रतिक्रिया