Techie IT
  • बुधबार, असोज ३०, २०८१ / Wednesday, October 16, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचाररिलायन्स कलेजको विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न

रिलायन्स कलेजको विद्यार्थी स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न


काठमाडौं । चाबहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशनल एकेडेमीले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीलाई विदाइ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक भव्य कार्यक्रमका बिच कलेजले २२ औँ स्वागत तथा २० औँ  विदाइ कार्यक्रम सम्पन्न गरेको हो ।

संस्कारसहितको शिक्षा प्रदान गर्दै देशभरका माविहरुमध्ये पाचौँ स्थानमा रहेको यस कलेजले स्थापना कालदेखि निरन्तर आफूलाई अब्बल साबित गर्दै आएको छ । विेशेषगरी योग, ध्यान र नमस्ते संस्कृतिलाई आफ्नो चिनारी बनाएको यस कलेजले हरेक कार्यक्रम ध्यानबाट नै सुरु गर्दै आएको छ । उसो त स्वागत तथा विदाई कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड सदस्य दामोदर निरौलाले उपस्थित सम्पूर्णलाई २ मिनेट ध्यान गराएका थिए ।

त्यस्तै, कार्यक्रममा कलेजका सहायक प्रधानाध्यापक नन्दू कुशुवाहले उपस्थितलाई मन्तव्यमार्फ स्वागत गरेका थिए । उनले रिलायन्सले निरन्तर अब्बल नतिजा प्राप्त गर्नु र अग्रणी माविका रुपमा कसरी स्थापित भयो भन्ने बारे प्रष्ट पारेका थिए । ‘हामी विशेषगरी चारवटा कुराले अब्बल माविका रुपमा स्थापित हुँदै आएका छौँ,’ कार्यक्रममा बोल्ने क्रममा कुशुवाहले भने, ‘पहिलो एकेडेमिक उपलब्धि, दोस्रो अतिरिक्त उपलब्धि, तेस्रो कल्चर र चौथो आइसीटी पब्लिकेशन हाम्रो अब्बलताका आधार हुन् ।’

यसैगरी, कक्षा १२ को तर्फबाट कृती पोखरेलले कक्षा ११ मा भर्ना भइ सुनौलो यात्रा तय गर्दै गरेका र माध्यमिक शिक्षा पार गरी विदाइ हुन लागेका साथीहरुलाई शुभकामना दिइन् । साथै, गत वर्ष रिलायन्समा कक्षा ११ मा भर्ना हुँदा कता कता नौलो लागेपनि रिलायन्स आफ्नो दोस्रो घर बनेको उनको भनाई थियो । ‘नयाँ ठाउँ, नयाँ कोर्स, नयाँ शिक्षक, नयाँ परिवेश जसले हामीमा एकखालको अन्योल पक्कै थियो,’ उनले भनिन्, ‘तर, रिलायन्समा प्रवेश गरेदेखि कहिल्यै कुनै पनि कुराको अभाव र दबाबको सामना गर्नु परेन ।’

कार्यक्रममा प्रमुख अतिथिका रुपमा शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. पुकारचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । उनले विद्यार्थीहरुमाझ आफ्ना संघर्ष र सफलताका कुरा सुनाएका थिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरण चेमजोङ रहेका थिए । उनले विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व रहेको बताए । ‘हामीसँग जस्तोसुकै ज्ञान र क्षमता भएपनि अनुशासन भएन भने कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्दैनौँ,’ उनले भने, ‘त्यसैले अनुशासित भइ अरुलाई सम्मान गर्न सक्नुभयो भने मात्र तपाईंले पनि सम्मान पाउन सक्नुहुन्छ ।’


यसैगरी, कार्यक्रमका प्रमुख अतिथि एवम् कलेजका प्रिन्सिपल रवीन्द्रजंग थापाले नयाँ विद्यार्थी स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थी आगामी शैक्षिक यात्राको शुभकामना दिए । ‘तपाईंहरुलाई हामीले विदाइ गरेका होइनौँ यो त नयाँ यात्राको उत्सव मनाएका हौँ,’ उनले भने, ‘आगामी शैक्षिक यात्रामा पनि रिलायन्स नै तपाईंहरुको सारथी बन्न सक्छ ।’

कार्यक्रममा बोल्ने क्रममा थापाले रिलायन्सले स्नातक तहका लागि राजर्षि जनक विश्वविद्यालयबाट बिसीए, बिएससीसिएसआइटी, बीबीए लगायतका विषयमा सम्बन्धन प्राप्त गरेको जानकारीसमेत गराए । ‘तपाईंहरुले खोजेको र रोजेको विषय अध्यापन गराउनका लागि रिलायन्सले सम्बन्धन प्राप्त गरिसकेको छ,’ उनले भने, ‘अब स्नातक तहमा अध्ययनका लागि तपाईंहरु कतै भौंतारिनुपर्दैन सिधै रिलायन्स आए हुन्छ ।’ आगामी असोज १२ गते सीम्याटको परीक्षा रहेको समेत उनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशेष अतिथि चेम्जोङ र पत्रकार मातृका दाहाललाई राष्ट्र सेवा सम्मानद्वारा सम्मानित गरिएको थियो । सम्मान ग्रहण गर्दै दाहालले आफूलाई यस्ता खाले सम्मान अझै खोजी पत्रकारिता गर्न हौसला प्रदान गरेको बताए ।

त्यस्तै, कक्षा १२ उत्तीर्ण गरेकी मेरिता पोखरेल र कक्षा ११ को तर्फबाट सुजन लम्सालले मन्तव्य राखेका थिए । इसीए को–अर्डिनेटर गोबिन्द ढकालले सञ्चालन गरेका कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट