अब त्रिविमा नतिजा सार्वजनिक भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क तिर्न नपर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले नतिजा सार्वजनिक भएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने जनाएको छ । पनिकाले एक सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय रिजल्ट आएको एक वर्षभित्र मार्कसिट सच्याउँदा शुल्क नलाग्ने जनाएको हो ।
उसो त्रिविले आफू मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गरी तोकिएको तह र वर्षको सबै परीक्षा उत्तीर्ण भई ट्रान्सक्रिप्टका लागि आवेदन दिएका विद्यार्थीलाई तोकिएको ढाँचामा निवेदन दिन अनुरोध गरेको छ ।
विद्यार्थीले पेस गरेको कागजात तथा अभिलेखमा एकरूपता नदेखिएका कारण आफ्नो ट्रान्सक्रिप्ट पाउन नसकेका विद्यार्थीहरूलाई तोकिएको शुल्कको शुल्कको बैंक भौचरसहित गोप्य शाखामा सात दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।
यसअघि त्रिवि पनिकाले फरक फरक विषयको लागि शुल्क लिँदै आएको थियो । साउन ३२ गते पनिकाले बल्खु सुधारसहित आन्दोलनरत विद्यार्थीहरूसँग १० बुँदे सहमति गरेको थियो । उक्त सहमतिमा विद्यार्थीले भरेको परीक्षा आवेदन फाराममा नाम, थर, विषय, रजिस्ट्रेसन नम्बर आदिमा ठिक रहेको तर, परीक्षा नियन्त्रण कार्यालयको अभिलेख (लेजर) मा फरक रहेको देखिएमा शुल्क नलाग्ने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने भनिएको थियो ।
सोही आधारमा पनिकाले नतिजा प्रकाशन भएको एक वर्षभित्रमा मार्कसिट सच्याउँदा कुनै शुल्क नलाग्ने निर्णय गरेको हो ।
सातदिनभित्र निवेदन दिएर हालसम्म पेन्डिङ्गमा रहेका निवेदनहरूको फरफारक गर्न सहजीकरण गर्न सहयोग गर्न पनिकाले सबैमा अनुरोध गरेको हो । त्यसका लागि रजिस्ट्रेसन कार्डको प्रतिलिपि, सक्कल प्रवेश पत्रहरू, सक्कल मार्कसिट, क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा निर्देशनालयको सिफारिस पत्र पेस गर्न भनेको छ ।
ट्रान्सक्रिप्टका लागि आवेदन दिने विद्यार्थीहरूले आफूले प्राप्त गरेको रजिस्ट्रेसन कार्ड, सक्कल प्रवेश पत्र र प्राप्त गरेको सक्कल मार्कसीटमा एकरूपता छ कि छैन रूजु गरी एकरूपता भएमा मात्र ट्रान्सक्रिप्टका लागि आवेदन फाराम भर्न अनुरोध गरेको छ ।
त्यस्तै रजिस्ट्रेसन कार्ड, सक्कल प्रवेश पत्र र प्राप्त गरेको सक्कल मार्कसीटमा एकरूपता नदेखिएमा आवश्यक कागजातहरू संलग्न गरी अभिलेखमा एकरूपता कायम गर्न गोप्य शाखामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । उक्त निवेदनहरूमा कारबाही भई अभिलेखमा एकरूपता भए पश्चात् मात्र सबै मार्कसीटको प्रतिलिपि संलग्न राखी ट्रान्सक्रिप्टको आवेदन फाराम पेस गर्नुपर्ने सूचनामा जनाइएको छ ।
ताजा अपडेट
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया