आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आज नै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो ।
गत वैशाख १४ देखि २६ गतेसम्म भएको परीक्षाको नतिजा बोर्डले सार्वजनिक गर्न लागेको हो । ‘हामी अन्तिम तयारीमा छौँ नतिजा प्रकाशनका लागि बोर्डको बैठक बस्ने तयारी भइरहेको छ,’ उनले भने, ‘कुनै प्राविधिक समस्या आएन भने आज नै हामी नतिजा सार्वजनिक गर्छौं ।’
कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थी सहभागी भएका थिए।
त्यस्तै, ग्रेडवृद्धितर्फ एक लाख ६ सय ५० विद्यार्थी सहभागी थिए । जसमा देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया