महानगरबाट छात्रवृत्ति पाएका विद्यार्थीले कुनै पनि शुल्क तिनुपर्दैन, द्विविधामा नपर्न अनुरोध

काठमाडौं– काठमाडौं महानगरपालिकाले पूर्ण छात्रवृत्तिका विषयमा द्विविधामा नपर्न विद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । महानगरले कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीले कुनै पनि शुल्क तिर्न नपर्ने भएकाले द्विविधामा नपर्न अनुरोध गरेको हो ।
कतिपय कलेजले महानगरबाट छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुबाट पनि शुल्क लिन खोजेको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएको महानगरले जनाएको छ । ‘काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षा लिएर म्याचिङ्ग लिष्टमार्फत सिफारिस गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन्,’ महानगरले भनेको छ, ‘उनीहरुले भर्ना, प्रयोगशाशाला जस्ता कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन ।’
महानगरले अघि भनेको छ, ‘कति विद्यालयले सिफारिस गरिएका विद्यार्थीहरुसँग विभिन्न शीर्षकमा शुल्क माग गरेको भन्ने गुनासो लिएर हिजोआज विद्यार्थी र अभिभावक महानगरपालिकामा आउने गर्नुभएको छ ।’
यसर्थ, छात्रवृत्ति पूर्ण निःशुल्क हो भन्ने कुरामा द्विविधा नहुन, मनोनयन पत्र बोकेर आउने विद्यार्थीलाई कुनै शुल्क नलिई भर्ना गर्न सम्बन्धित विद्यालयहरुलाई महानगरले अनुरोध गरेको छ ।
यसैगरी, छात्रवृत्ति सिफारिस भएका विद्यार्थीलाई कुनै समस्या परेमा वा जिज्ञासा भएमा विद्यालय निरीक्षक वा स्रोत शिक्षकसँग सम्पर्क गरेर सहयोग लिनसमेत महानगरको अनुरोध छ ।
कसलाई गर्ने सम्पर्क ?
महानगरले विद्यार्थी तथा अभिभावकलाई भर्ना सम्बन्धि कुनै समस्या परेको खण्डमा विद्यालय निरीक्षक, वडा, स्रोत व्यक्ति वा स्रोत शिक्षकलाई सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया