सतर्कता केन्द्रले पत्र काटेपछि के भन्छिन् शिक्षामन्त्री सुमना श्रेष्ठ ? (भिडियोसहित)

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रले पत्र काटेको छ । उनीमाथि पोल्याण्डको पीआर लिएको विषयमा उजुरी परेपछि केन्द्रले सो विषयमा बुझ्न भन्दै पत्र काटेको हो ।
श्रेष्ठले नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेको थियो । सोही आधारमा केन्द्रले शिक्षामन्त्री श्रेष्ठलाई पत्राचार गरेर त्यसबारे जवाफ माग गरेको हो ।
यो विषयमा मन्त्री श्रेष्ठले ट्वीटरमा मिनेट ४८ सेकेण्डको भिडियो सार्वजनिक गर्दै जानकारी गराएकी हुन् । उनले सतर्कता केन्द्रले पठाएको पत्र देखाउँदै भनेकी छिन्, ‘मेरो बारेमा आवश्यक अनुसन्धान गरी पाउँ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको रहेछ । यसमा राय प्रतिक्रिया सम्बन्धमा सतर्कता केन्द्रले मलाई पत्र लेखेको हो ।’
मन्त्री श्रेष्ठले नेपाली नागरिकताका साथै युरोपियन मुलुकको दोहोरो परिचय पत्र लिएको भन्ने आरोप आफूमाथि लागेको बताइन् । ‘यो गम्भीर विषयमा आवश्यक अनुसन्धानका लागि सघाउँछु,’ उनले भनिन्, ‘अहिलेसम्म मैले २० वटाभन्दा बढी देशको भ्रमण गरिसकेँ, तर कुनै पनि देशको स्थायी प्रमाणपत्र लिएको छैन ।’
यस्ता खालका परिचयपत्र लिने प्रक्रियाका बारेमा समेत आफू अनभिज्ञ रहेको उनी बताउँछिन् । ‘मेरो श्रीमान पोल्याण्डको नागरिक हुनुहुन्छ तर, अहिले म मन्त्री जति दिन भएँ त्यो भन्दा थोरै दिन पोल्याण्ड बसेकी छु,’ उनी भन्दै थिइन्, ‘त्यसकारण म पोल्याण्डको पीआर पाउनका लागि योग्य नागरिक होइन ।’
कोही नेपालीले विदेशी नागरिकसँग विवाह गर्दैमा त्यहाँको नागरिकता लिइहाल्छ भन्ने ुगलत मानसिकताले यो उजुरी परेको हुनसक्ने उनको बुझाई छ । ‘मैले कोही विदेशीसँग विवाह गर्दैमा उसको देशको पीआर लिन्छु भन्नु गलत सोचाइ हो,’ उनले भनिन्, ‘यो पत्र आएपछि मात्र पोल्याण्डको पीआर लिने प्रक्रियाबारे बुझेँ त्यो बुझ्न १० देखि १५ घण्टा लाग्यो ।’
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया