एसईई ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक, कुन विषयको परीक्षा कहिले ?

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । कार्यालयले मंगलबार आगामी साउन २३ देखि ३१ गतेसम्म पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
अब एसईईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षामा सहभागि हुन पाउनेछन् ।
परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट डाउनलोड गरी भर्न सकिने बोर्डले जनाएको छ । परीक्षार्थीले आवेदन फाराम भरी प्रति परीक्षार्थी रु. ५००।– राजश्व खाता नं १४२२३ मा जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट (वेवसाइटबाट डाउनलोड गरेको) सहित संलग्न राखी सम्बन्धित विद्यालयमार्फत मिति २०८१ साउन १६ गतेसम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।
शिक्षा विकास तथा समन्वय इकाइहरुले पुरक (ग्रेडवृद्धि) परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीहरुको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगतरुपमा विषय समेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउनुहुन बोर्डले अनुरोध गरेको छ । ‘परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन बोर्डको अनुरोध छ,’ बोर्डको सूचनामा उल्लेख छ ।
२०८० सालको नियमित परीक्षाको प्रवेशपत्र नै पुरक परीक्षाको प्रवेशपत्र कायम गरिएकोले सोही प्रवेशपत्रका आधारमा परीक्षामा सहभागी हुनुपर्नेछ । परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइहरूबाट हुने बोर्डले जनाएको छ ।
ताजा अपडेट
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौंका प्रमुख बिचारीप्रसाद अधिकारीको निधन
- स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. बाराकोटी
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया