थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई त्रिविले दियो मौका, क–कसले पाउँछन् ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को कार्यालयले थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई फेरि एकपटक मौका दिएको छ । त्रिविमा स्नातकोत्तर तह र एम.फिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेकाहरुलाई त्रिविले मौका दिएको हो ।
यी विद्यार्थीको हकमा २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा सम्मिलित भएका र सो पछि भर्ना भइ सीमा काटेकाहरुले यो मौकाको सदुपयोग गर्न सक्नेछन् । त्यसैगरी, सेमेष्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समयसीमा कटेका परीक्षार्थीहरुका लागि २०८१ असार मसान्तभित्र बुझाएर भाइवासमेत गरिसक्नुपर्ने त्रिविले जनाएको छ ।
साथै, एमफील तहका परीक्षार्थीका हकमा २०६८ सालमा भर्ना भई समयसीमा काटेकाहरुका लागि पनि एकपटकलाई मौका दिएको त्रिविको सूचनामा उल्लेख छ ।
ताजा अपडेट
- सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- स्ववियु निर्वाचनः त्रिविका ५५ वटा क्याम्पसमा भयो उम्मेदवारी दर्ता, सात क्याम्पसमा हुन सकेन
- लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- कक्षा १२ को परीक्षा ११ बैशाखबाट हुने
धेरैले पढेको
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
- सातौं सेन्ट लरेन्स साइन्स एण्ड आइटी एक्स्पो सुरु, १० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान
- सहिद आदर्श क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको तर्फबाट राजेश तिमल्सिनाको उम्मेदवारी
- रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
- रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान र साहित्य मेला सम्पन्न
तपाईको प्रतिक्रिया