Techie IT
  • बुधबार, फागुन २८, २०८१ / Thursday, March 13, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठकलेजकक्षा १२ को नतिजा सार्वजनिकका लागि बोर्डले बोलायो बैठक, नतिजा आजै आउने

कक्षा १२ को नतिजा सार्वजनिकका लागि बोर्डले बोलायो बैठक, नतिजा आजै आउने


काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिकका लागि आज साँझ ५ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा सार्वजनिक लागि साँझ ५ बजेका बोर्डको बैठक बोलाइएको हो ।

बोर्डको बैठकपछि आज नै नतिजा सार्वजनिक गर्ने तयारी रहेको शर्माले जानकारी दिए । ‘हामी आज नै नतिजा सार्वजनिक गर्ने तयारीमा छौँ,’ उनले भने, ‘ठूलो प्राविधिक समस्या आएन भने आज नै नतिजा सार्वजनिक गर्नेछौँ ।’

बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो ।

यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको