Techie IT
  • बिहीबार, चैत्र ६, २०८१ / Friday, March 21, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचार७५ हजार विद्यार्थीले दिँदै एसईईको पुनः परीक्षा

७५ हजार विद्यार्थीले दिँदै एसईईको पुनः परीक्षा


काठमाडौं । यसवर्ष ७५ हजार विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुनः परीक्षामा सहभागी भएका छन् । गत वर्षबाट राष्ट्रिय परीक्षा बोर्डले न्यूनतम ३५ प्रतिशत भन्दा कम प्राप्ताङ्क ल्याउने अनुत्तीर्ण हुने व्यवस्था लागु गरेसँगै आजबाट सुरु भएको परीक्षामा देशभरबाट ७५ हजार विद्यार्थी पुनः परीक्षामा सहभागी भएका हुन् ।

लेटर ग्रेडिङ भनिने उक्त प्रणाली लागु भएपछि त्यसअघिका वर्षहरूमा जस्तो परीक्षा दिएका सबैले प्रमाणपत्र पाउने प्रचलन अन्त्य भएको थियो।

वि.सं २०७८ मै बनेको नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्दा करिब ९० हजार विद्यार्थीहरू गत वर्ष अनुत्तीर्ण भएका थिए।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलले त्यसमध्ये करिब ७५ हजारले यो पटक पुनः एसईई दिन आवेदन दिएको जानकारी दिए।

यसअघिको परीक्षामा उत्तीर्ण हुन आवश्यक ग्रेड नल्याएका विद्यार्थी पनि थपिएका कारण यो पटक एसईई दिने विद्यार्थीहरूको सङ्ख्या अघिल्लो वर्षभन्दा बढी देखिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको