Techie IT
  • बुधबार, पुस ३, २०८१ / Wednesday, December 18, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठसमाचारतिलोत्तमाका मेयर खाँणले आफ्नो तलबबाट दिए १४६ जना विद्यार्थीलाई छात्रवृत्ति

तिलोत्तमाका मेयर खाँणले आफ्नो तलबबाट दिए १४६ जना विद्यार्थीलाई छात्रवृत्ति


काठमाडौं– तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँणले आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधाबाट आउने रकमबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । खाँणले नगरभित्रका ४२ सामुदायिक विद्यालयका १ सय ४६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका हुन् ।

मेयर खाँणले आफूले वर्षभरी पारिश्रमिक रकमबाट प्रति विद्यार्थी ५ हजारका दरले ७ लाख ३० हजार छात्रवृत्ति वितरण गरेका हुन् ।

यसअघि तिलोत्तमाकै पूर्वमेयर बासुदेव घिमिरेले पनि आफूले पाउने मासिक पारिश्रमिक र सेवा सुविधाको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिएका थिए । अहिलेका मेयर खाणले यसलाई निरन्तरता दिएका हुन् ।

मेयर खाणले निर्वाचित भएको वर्षदेखि नै आफूले पाउने पारिश्रमिकवापतको रकमबाट छात्रवृत्ति वितरण गर्दै आएका छन् ।

उनले यस रकमले पढ्ने इच्छा भएर पनि बीचमै पढाइ रोक्नुपर्ने बाध्यता आउन सक्ने विद्यार्थीले भविष्य बनाउन पाउने भएकाले यो अवसर प्रदान गरेको बताए ।



तपाईको प्रतिक्रिया