Techie IT
  • शनिबार, चैत्र १, २०८१ / Saturday, March 15, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचारनेपाल खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले लगाए ताला

नेपाल खुला विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीले लगाए ताला


काठमाडौं– नेपाल खुला विश्वविद्यालयमा प्राध्यापक तथा कर्मचारीहरुले ताला लगाएका छन् । दुई बुँदे माग राख्दै आन्दोलनामा उत्रिएका प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयको उपकुलपति, रजिस्ट्रार र डीनको कार्यालयमा ताला लगाएका हुन् ।

ऐनमा भएको सेवा सुविधा उपलब्ध नगराएको र स्थायी प्रक्रियाको सुरुवात नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सातौं सिनेट बैठकले स्थायी प्रक्रिया अघि बढाउन निर्देशन दिएको भएतापनि विश्वविद्यालयले त्यसको कुनैपनि प्रक्रिया अघि नबढाएपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनर उपप्राध्यापक भोजराज घिमिरे बताउँछन् । ‘शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सातौँ सिनेटले कार्यकारीलाई एक पटकको लागि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न निर्देशन दिएको थियो,’ उनल् भने, ‘तर त्यसको कुनैपनि कार्यान्वयन भएन ।’

कार्यकारी परिषद्को आइतबारको बैठकमा सोमबार माग सम्बोधन गर्ने सहमति भएको थियो । तर, सोमबार निर्णय गर्ने भनिएको बैठक उपकुलपति शिलु मानन्धर बज्राचार्यले बैठक स्थगित गरेपछि आन्दोलनमा उत्रनु परेको घिमिरेले बताए ।

खुला विश्वविद्यालयमा हालसम्म एक जना पनि स्थायी शिक्षक कर्मचारी छैनन् । ०७५ मा विज्ञापन खोलेर लिखित, प्रयोगात्मक र मौखिक तीन वटै प्रक्रिया पूरा गरेर करारमा नियुक्ति गरिएको थियो । तर, स्थायीको प्रक्रिया अहिलेसम्म नि अगाडि बढेको छैन ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको