पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पक्षघातको उपचारलाई सर्वसुलभ र आमनागरिकको पहुँचमा पुर्याउने घोषणा गरेका छन् । मंगलबार विश्व पक्षघात दिवसका अवसरमा नेपाल पक्षघात संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पक्षघातको उपचारलाई सर्वसुलभ र देशव्यापी बनाउने बताएका हुन् ।
नेपालमा दिनप्रतिदिन पक्षघातका बिरामीको संख्या बढीरहेको उल्लेख गर्दै मन्त्री पौडेलले भने, ‘नेपालमा पक्षघातका बिरामीको संख्या बढीरहेको मलाई जानकारी छ ।’ त्यसैले यसको उपचारलाई सर्वसुलभ बनाइ आमनागरिकको पहुँचमा पुर्याउने बारे छलफल भइरहेको मन्त्री पौडेलले बताए । ‘पक्षघात (स्ट्रोक) प्राणघातक रोग हो तर यसको उपचार सर्वसुलभ नहुनु दुःखको कुरा हो,’ कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले भने, ‘यसको उपचारलाई सर्वसुलभ बनाउन मैले नेपाल पक्षघात संघ र यससँग आवद्ध चिकित्सकहरुसँग छलफल गरिरहेको छु ।’
मन्त्री पौडेलले नेपालमा विशेषगरी जनशक्ति र स्रोत साधनको अभावका कारण आमनागरिकलाई आवश्यकता अनुसारको स्वास्थ्य सेवा दिन नसकिएको बताए । ‘न्यूरोसँग सम्बन्धित रोगको उपचारका लागि त नेपालमा विशेषज्ञ चिकित्सकको संख्या झनै कम छ,’ उनले भने, ‘त्यर्सले न्यूरोमा जनशक्ति उत्पादन गर्न जरुरी छ त्यसका लागि म पहल गर्नेछु ।’
त्यस्तै, मन्त्री पौडेलले कुनै पनि स्ट्रोक अर्थात पक्षघातका बिरामी आर्थिक अभावमा मृत्युवरण हुन नपरोस् भन्ने कुरामा सरकार सजग रहेकोसमेत बताए । साथै, न्यूरोसँग सम्बन्धित रोगको उपचार काठमाडौं उपत्यका र सहरकेन्द्रीत मात्र भएकाले यसलाई देशव्यापी बनाउने उनको भनाई थियो । मन्त्री पौडेलले आफू नेपालमा स्वास्थ्य प्रणालीलाई कसरी सर्वसुलभ बनाउने भनेर निरन्तर लागिरहेको बताए । ‘म कुनै पनि जिम्मेवारीमा नहुँदै नेपालको शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउनका लागि लागिपरेको थिएँ,’ उनले भने, ‘अब त नेतृत्वमै छु त्यसैले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन गृहकार्य गरिरहेको छु ।’
त्यस्तै, कार्यक्रममा नेपाल पक्षघात संघका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले संस्थाले गर्दै आएको काम र आगामी रणनीतिका बारेमा प्रष्ट पारेका थिए । झण्डै १० वर्ष अघि ८ जनाको सोचले स्थापना भएको नेपाल पक्षघात संघ सबैको साथ सहयोगले यहाँसम्म आइपुगेकोमा डा. थापाले खुशी व्यक्त गरे । नेपालमा स्ट्रोकको उपचार सम्भव छैन भन्ने जमानाबाट आज विश्वमा हुने स्ट्रोकको उपचार नेपालमै हुन्छ भन्ने अवस्थामा आइपुगेको डा. थापा बताउँछन् । ‘एक दशकअघिसम्म नेपालमा स्ट्रोकको उपचार सम्भव छैन/हुँदैन भनिन्थ्यो,’ उनले भने, ‘आज विश्वमा हुने स्ट्रोकको उपचार नेपालमै हुन्छ तर, आम नागरिकको पहुँचमा नपुगेको कुरा सत्य हो ।’ नेपालमा स्ट्रोकको उपचारलाई कसरी सर्वसुलभ र सर्वव्यापी बनाउन सकिन्छ भन्नेबारे मन्त्रीसँग पनि छलफल भएको उनले जानकारी दिए । ‘हामीले स्ट्रोकको कसरी निदान र सर्वसुलभ तरिकाबाट आमनागरिकको पहुँचमा पुर्याउन सकिन्छ भनेर मन्त्री ज्यूसँग पनि छलफल गरेका छौँ,’ उनले भने, ‘पक्कै पनि स्ट्रोक पीडित समुदायले सरकारमार्फत निःशुल्क उपचार र औषधि पाउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।’
कार्यक्रमका विशेष अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले स्वास्थ्य सचेतनाका क्षेत्रमा वडाले नेपाल पक्षघात संघसँग सहकार्य गरेर अघि बढ्ने बताए । ‘स्ट्रोक भनेको आफैंमा प्राणघातक रोग हो त्यसैले सर्वप्रथमतः यसका बारेमा आमनागरिकलाई सचेत गराउन जरुरी छ,’ उनले भने ।
कार्यक्रमका सभापति एवम् नेपाल स्ट्रोक एसोसिएसनका अध्यक्ष डा. राजु पौडेलले नेपालमा वर्षेनी ५० देखि ६० हजार जना मानिसमा स्ट्रोक हुने गरेको बताए । त्यसमध्ये २० प्रतिशतको ज्यान जाने गरेको तथ्यांक उनले प्रस्तुत गरेका थिए । ‘यस्तो भयाभह रुपलाई रोक्नका लागि सरकारले बेलैमा पहल गर्न जरुरी छ्,’ उनले भने, ‘त्यसका लागि हाम्रो संस्थाले राज्यलाई गर्नुपर्ने सहयोग गर्न तयार छौँ ।’
विश्व पक्षघात दिवसका अवसरमा संघले फुटसल, चम्चे दौड प्रतियोगिता र रक्तदान शिविरसमेत सञ्चालन गरेको थियो । तीनवटा टीमको बीचमा भएको प्रतिस्पर्धामा डा. लेखजंग थापाको टीम फर्स्र्ट हिरोजले उपाधि हात पारेको थियो । कार्यक्रममा विभिन्न चिकित्सक, नर्स, प्यारामेडिक्स लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
ताजा अपडेट
- पक्षघातको उपचारलाई सर्वसुलभ र नागरिकको पहुँचमा पुर्याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा
- अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरु आन्दोलित
- त्रिभुवन विश्वविद्यालयका स्नातक तहका परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्न सोधिने
- विद्यार्थीको माझमा अभिनेत्री स्वस्तिमा खड्का, विद्यार्थीहरुलाई दिइन् यस्तो सुझाव
- कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
- छैटौं समूहको साथी शिक्षकका लागि आवेदन खुल्यो, मंसिर १५ सम्म आवेदन दिन सकिने
- हेल्पले माग्यो साथी शिक्षक, कात्तिक १ गतेदेखि आवेदन खुल्ने
- हेल्पद्वारा स्नातकोत्तर अध्ययनका लागि २ जना विद्यार्थीलाई १ लाख ६० हजार बराबरको छात्रवृत्ति प्रदान
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
- माइनस १२ पावरको चश्मा मुक्त गराउने गरी माट्रिका आई सेन्टरले गर्यो सफल शल्यक्रिया
तपाईको प्रतिक्रिया