पूर्वान्चल विश्वविद्यालयले सिएनआइसँग गर्यो समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । पूर्वान्चल विश्वविद्यालय र नेपाल उद्योग परिसंघ (सिएनआइ) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र सिएनआइका उपाध्यक्ष बिरेन्द्र पाण्डेले दुई पक्ष बीचमा भएको यो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
इण्ड्ष्ट्री–एकाडेमिया सम्बन्धलाई मजबुत बनाउन नलेज, स्किल्स र रिसोर्सेसको आदानप्रदान गर्ने, बजारको माग अनुसार हालको तथा भविष्यको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्ने, नयाँ नयाँ प्रविधिको अध्ययन अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण तथा तालीमको लागि सहकार्य गर्ने, उद्योग परिसंघले भौतिक पूर्वाधारको लागि सहयोग गर्ने र विद्यार्थीको इण्टर्नसिप तथा अभ्यासगत तालिमको लागि व्यवस्थापन गरिदिने मूल उद्वेश्यले दुई पक्ष बीचमा भएको यो सम्झौता भएको हो ।
यो सम्झौता तत्काल कार्यान्वयन हुने र कार्यान्वयन सहजीकरणका लागि पूर्वान्चल विश्वविद्यालय र नेपाल उद्योग परिसंघ आ–आफूले गर्नुपर्ने कामहरु छुट्याई टाइम फ्रेम समेत राखिएको छ ।
पूर्वान्चल विश्वविद्यालयले पाठ्यक्रम निर्माण गर्दा औद्योगिक क्षेत्रलाई चाहिने जनशक्तिहरु उत्पादन गर्न सकियोस् भन्ने हेतुले कन्ष्ट्रक्सन सम्बन्धि, हाइड्रोपावर सम्बन्धि, मेनेजमेण्ट सम्बन्धि बिभिन्न बिज्ञहरु र निजी क्षेत्रको समेत सहभागिता गराई पाठ्यक्रम तयार गरिएकोले सो को लागि इन्जिनियरिङ तर्फ आठौं सेमेष्टरमा गरिनुपर्ने तीन महिनाको इण्टर्नसिप, त्यसैगरी इन्जिनियरिङ बाहेकका अन्य कार्यक्रमहरुमा गर्नैपर्ने इण्टर्नसिपको लागि केन्द्रस्तरमा करीब ३५० ठूला उद्योगहरु सदस्य रहेको नेपाल उद्योग परिसंघसंगको आज भएको सम्झौताले पूर्वान्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज हुने नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र पाण्डेले बताए ।
सैद्धान्तिक ज्ञानको लागि कलेजहरुमा पर्याप्त पठनपाठन हुने, प्रयोगशाला अभ्यास पनि हुने, फिल्ड भिजिट पनि हुने तर एउटा कुशल मेनेजर बन्नको लागि फिल्डमै गएर काम गर्दा मात्रै बन्न सक्ने भएकोले पाठ्यक्रममा रहेको इन्टर्नसिपको व्यवस्था कार्यान्वयनको लागि हामीले सम्झौता गरेका हौं, पूर्वान्चल विश्वविद्यालयका उपकुलपति बिजुकुमार थपलियाले स्पष्ट पारे ।
विश्वविद्यालयले जनशक्ति उत्पादन गरिरहेको छ, निजी क्षेत्रले आफूले चाहेजस्तो जनशक्ति नपाएको कारण त्यस्ता जनशक्ति पाउनको लागि करोडौं रुपियाँ बिदेस पठाउनु परिरहेको छ, यो ग्याप परिपूर्तिको लागि यो सम्झौता कोसेढुंगा साबित हुने देखिन्छ । इण्टर्नसिप गर्दागर्दै कतिपय विद्यार्थीलाई जब समेत मिल्न सक्ने देखिन्छ । यसबाट काम संगै पढाइको अवधारणामा पनि मद्वत हुने देखिन्छ ।
यो समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा पूविका रजिष्ट्रार नीलमणि पोख्रेल, अनुगमन बिभाग प्रमुख प्रा. उत्तम रेग्मी, पियुक्यानका अध्यक्ष सुधिर गुरगाञी, महासचिव सुरेश के. सी. हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपाने, गेटवे कलेजका प्रिन्सिपल डाली खनाल लगायत शिक्षाविद्वहरुको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
- टाइमलाइन स्कुलद्वारा गणेशप्रसाद रिजाल स्मृति गायन प्रतियोगिताको चौथो संस्करण सम्पन्न
- वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउने महानगरको प्रावधान सर्वोच्चद्वारा खारेज
- तिलोत्तमाका मेयर खाँणले आफ्नो तलबबाट दिए १४६ जना विद्यार्थीलाई छात्रवृत्ति
- दक्ष करिअर एकेडेमीले गर्यो ६५ औँ ब्याचका अफिसर क्याडेटको विदाई
- त्रिविले पायो ८ डीन र ३ निर्देशक, को–को भए नियुक्त ?
- बालाजुस्थित शितला मा.विमा वादविवाद प्रतियोगिता सम्पन्न
- त्रिवि गर्यो कलेजमै मार्कसीट प्रिन्ट हुने व्यवस्था
- डा. प्रियंका आनन्दको कविता– ‘जीवन’
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू (भिडियोसहित)
- ४० वर्ष कटेपछि हुने आँखाको कमजोरी हटाउन माट्रीकाले ल्यायो प्रेस बाइ म्याक्स प्रविधि
- अष्ट्रेलियाबाट फर्केर म्यानेजमेन्ट कलेज हाँकिरहेकी ‘गुरुआमा’
- चैत १५ गतेबाट एसईई परीक्षा गर्ने बोर्डको निर्णय, पहिलो दिन अंग्रेजी
- एसईई परीक्षा रद्द हुँदा के हुन्छ ? राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माले यसो भने
- काठमाडौं पूर्वी भेगकै उत्कृष्ट मन्टेश्वरी ‘किड्स वर्ल्ड किन्डरगार्टेन’को वार्षिकोत्सव सम्पन्न
- नतिजाका आधारमा देशभरकै टप ५ भित्र मनास्लु वर्ल्ड कलेज
- NSL Nepal Open International Pickleball Tournament 2024: A Success Story
तपाईको प्रतिक्रिया