Techie IT
  • आईतबार, पुस ७, २०८१ / Sunday, December 22, 2024
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठस्कुलनिजी स्कुललाई बालेनको निर्देशन—आफ्नै पाठ्यपुस्तक वा पोशाक किन्न विद्यार्थीलाई बाध्य नपार्नु

समाचार

निजी स्कुललाई बालेनको निर्देशन—आफ्नै पाठ्यपुस्तक वा पोशाक किन्न विद्यार्थीलाई बाध्य नपार्नु


काठमाडौं—पछिल्लो समय काठमाडौवासीको जीवनमा देखिने गरी परिवर्तन गर्न लागिरहेका काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अर्को सुधारको काम अगाडि सारेका छन् । उनले महानगरपालिकाभित्रका निजी स्कुलको सिण्डिकेट हटाउने पहल सुरु गरेका छन् ।

यसका लागि मेयर शाहले निजी स्कुललाई आफूले भनेकै ठाउँबाट पाठ्यपुस्तक, स्टेनशनरी र पोशाक किन्न विद्यार्थी र विद्यार्थी अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएका छन् । निजी स्कुलहरुले आफ्नै पाठ्यपुस्तक, स्टेशनरी र पोशाक खरिद गर्न अभिभावक तथा विद्यार्थीलाई बाध्य बनाउँदैं आएका छन् ।

‘कतिपय विद्यालयहरुले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका विरुद्ध गर्नु गराउनु हुन अनुरोध छ,’ महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचनामा छ ।

संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ (संशोधनसहित)मा विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेनशरी बिक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न बाध्य नगराउने व्यवस्था छ ।



तपाईको प्रतिक्रिया